रसीद आलम,बिरगंज,२ चैत ।
पर्सा प्रहरीले फागुन महिनाको मसान्तसम्म तिन करोड एकतीस लाख दुई हजार तिन सय तेइस रुपैया बराबरको मालसामानहरु बरामद गरेको छ।
पर्साको विभिन्न स्थानहरुबाट विभिन्न मिति तथा समयमा जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज भित्राउन लागेको चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न मालबस्तुहरू, हार्डवेयर पार्टस, विभिन्न किसिमका लत्ताकपडाहरू, पेयपदार्थ कोल्ड ड्रिंक्स,जुत्ता चप्पल र भाडाकुडा लगायतका सामानहरू फागुन महिनाभरीमा रू.३ करोड ३१ लाख २ हजार ३ सय २३ बराबरको सामानहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी दिए।
त्यस्तै ९३ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई पर्साको विभिन्न ठाउँबाट पक्राउ गरिएको डिएसपी थापाले जनाएका छन् ।
पर्सा प्रहरीका प्रवक्ता थापाद्वारा हस्ताक्षरित प्रेस बिज्ञयप्ती अनुसार फागुन महिनामा पर्सा प्रहरीले लागु औषधतर्फ प्रतिबन्धित ट्याब्लेट-२५८५ पिस, गाँजा -१४ के.जी.,खैरो हिरोइन-२० ग्राम ९५ मि.ग्राम कोरेक्स-८ बोत्तल बरामद गरेको उल्लेख गरिएको छ।
