पर्साबाट ६ लाख भन्दा बढी हुन्डी रकमसहित एक जना पक्राउ

समाचार

वीरगन्ज, ५ चैत । पर्सा प्रहरीले  ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगन्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए। कलवारको झोलाबाट एक हजार दरका ३३५ थान र ५०० दरका ६८२ थान गरी ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।

उनको साथबाट ५०० दरका भारतीय नोट ५६ थान  (भारतीय रुपैयाँ २८ हजार) रुपैयाँ समेत बरामद भएको उनले बताए। कलवारको साथबाट विभिन्न बैंकका चेक बुक १९ थान र मोबाइल फोनसमेत फेला परेको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि बैँक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *