सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता , करिब ८ लाख बराबरको काजु, कपडा र जुत्ता पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,१९ चैत ।

सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ८ लाख ४० हजार बराबरको काजु, कपडा र जुत्ता पक्राउ गरेको छ।

गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजालको कमान्डमा खटिएका गस्ती टोलीले आज राती १ बजेको समयमा बिरगंज ७ रेल्वे रोड दुर्गा सिनेमा हल अगाडिबाट गाडीमा लोड गरिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बिलबिजक नरहेको कारण पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सो काजु, कपडा र जुत्ता भारतबाट तस्करी गरि भन्सार छलेर नेपाल भित्र्याएको आशंका गरिएको प्रत्यक्षदर्शीले बताएका छन ।

बरामद गरिएका समानहरुलाई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाईएको डिएसपी रिजालले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *