बिरगंज ,११ बैशाख।
बिरगंज महानगरपालिका १७ अलौमा भीषण आगलागी भएको छ।
मंगलवार बिहान् ३ बजेको समयमा अलौ स्थित महेन्द्र सहनीको फुसको घरमा बिधुतको तार सर्ट भई अचानक आगलगी भएको प्रहरीले जनाएको छ।
सो आगलागीबाट नजिकै अन्य घरमा समेत आगो सल्किन जाँदा घरहरु पुर्ण रुपमा जलि नष्ट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
उक्त आगो दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा बिहानको ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
डिएसपी थापाको अनुसार सो आगलागीबाट ५३ लाख ९० हजार बराबरको क्षति भएको छ।
आगलागीबाट क्षति भएको विवरण यस प्रकार छन् :-
१.बिरगंज महानगरपालिका १७ अलौमा बस्ने महेन्द्र सहनी को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी तथा चौपाय;- १वटा गाई,४ वटा बाख्रा गरी मुल्य रु १० लाख ६३ हजार बाराबरको क्षति भएको ।
२. सोही बस्ने मैना सहनी को घर, अनपात, लत्ता कपडा, सरसामान, चौपाय;- २ वटा बाख्रा, २ वटा खसि गरी जम्मा मुल्य रु ८ लाख ६८ हजार बराबरको क्षेति भएको ।
३. बिरेन्द्र सहनीको घर, अनपात, लत्ता कपडा, सरसामान गरी मुल्य रु ४ लाख ८०हजार बाराबरको क्षेति भएको ।
४. तुफान सहनी को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी गरी मुल्य रु ११ लाख ६०बराबरको क्षेति भएको ।
५. फुलदेव सहनी को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी गरी रु ४ लाख १६ हजार) बराबरको क्षेति भएको ।
६. अभय सहनी को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी गरी रु ७ लाख ८० हजार बराबरको क्षेति भएको ।
७.अदालत साह को घर, अनपात, लत्ता कपडा , सरसामान, सुन चाँदी गरी मुल्य रु ६ लाख २३ हजार बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
