रसीद आलम ,बिरगंज ,१५ बैशाख।
पर्सा प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा कालीकामाई गाउँपालिका वडा न.१ टिनडुबियाबाट भारी मात्रामा लागू औषध चरेश बरामद गरेको छ।
शनिबार बिहान राती २:३० बजेको समयमा पर्साको कालीकामाई गा. पा. वडा न.०१ टिनडुबिया बस्ने मथुरा राउत कुर्मीको छोरा वर्ष ४१ को बृजेश प्रसाद कुर्मीको घरमा लागू औषध चरेश लुकाई छिपाई राखेको अवस्थामा बरामद गरि बृजेश प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम के.सि.को कमाण्डमा खटिएका प्रहरी टोलीले कुर्मिको घर खानतलासी गर्दा घरको बरण्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ किलो लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको हुँदा उक्त लागू औषध सहित निज बृजेश प्रसाद कुर्मीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जानकारी गराएको छ।
