लाखौं मुल्य बराबरको कपडा पक्राउ।

समाचार

बारा,१८ बैशाख।

सशस्त्र प्रहरी बल बाराले लाखौं मुल्य बराबरको अबैध कपडा पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियावाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ति टोलीले रु.१ लाख  बराबरको भन्सार छलिएका सर्टको थान कपडा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

मंगलवार बिहान् ९:१५० बजेको बाराको विश्रामपुर गा.पा.-३ मा रहेको लच्का ईलाकाबाट १ जना व्यक्तिले साईकलको प्रयोग गरेर भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेका २ सय मिटर सर्टको थान कपडा सशस्त्र प्रहरीको गस्ती टोलिलाई देख्नासाथ सोही स्थानमा छाडी साईकल लिई व्यक्ति फरार भएको हुँदा उक्त कपडा बरामद गरी आवश्यक कारवाहीको बिरगंज भन्सार कार्यालय पर्सामा पठाउने प्रक्रियामा रहेको बिओपी बरैनियाले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *