सशस्त्र प्रहरी पर्साद्वारा १० लाख ११ हजार बराबरको सामान बरामद ।

समाचार

रसीद आलम,बिरगंज ,१७ जेठ ।

सशस्त्र प्रहरी बल पर्साले १० लाख ११ हजार ६ सय ४० रुपैयाँ  बराबरको सामान बरामद गरेको छ।

जेठ १६ गते बिरगंज -१० आदर्शनगरबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा लुकाई राखेको मूल्य रु. ४ लाख ९७ हजार ४ सय बराबरको ४१३ केजि कवाडि तामाको तार र पुरानो ग्यास रेगुलेटर तथा रु.३ लाख ५५ हजार ७ सय ४० बराबरको किराना सामान, कपडा तथा मोटरपार्टस बरामद गरेको छ।

उक्त मोटरपार्टस ओसारपसारमा प्रयोग गरिएको मुल्य रु.१ लाख  बराबरको बिआर ०५ ए ए ६८९७ नम्बरको भारतीय स्कुटरलाई  समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

त्यस्तै ,सशस्त्र प्रहरी बल पर्साले बिरगंज-१ सिर्सिया र बिन्दवासीनी गाउँ पालिका-५ प्रसौनिभाठाबाट ५८ हजार ५ सय  बराबरको चिसो, चिनि लगायत कपडा बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *