बिरगंज ,२८ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजाल गुल्मको कमान्ड सम्भालेका दिन देखीनै तस्करी नियन्त्रण देखि तस्करीका मालसामान राखिएको गोदामहरु छापामारी गर्ने कार्यलाई तिब्रता दिएका छन् ।
कमान्ड लिएका तिन महिना नबित्दै डिएसपी रिजालले करोडौं मुल्य बराबरको भन्सार छलिएका तस्करीका मालसामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेका छन् ।उनले तस्करीको बिषयमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
डिएसपी रिजालको तस्करी नियन्त्रण कार्यले तस्करहरु डिप्रेसनमा रहेको केहि स्थानीयहरुले बताएका छन् ।डिएसपी रिजालको कडा एक्सनले गर्दा केही तस्करहरु तस्करी गर्ने छोडेको तथा केहि तस्करहरु पलायन गरेको स्थानीयले बताउँछन्।

जेठ २८ गते राति ८ बजेको समयमा डिएसपी रिजालको कमान्डमा सशस्त्र प्रहरीले छापामारी गरि बिरगंज महानगरपालिका -१० रानिघाटबाट ५ लाख बराबरको मोटरपार्टसहरु बरामद गरेको छ।
बिषेश सुचनाको आधारमा भारतबाट भन्सार छली रंजित कुमार साहको घरमा अबैध रुपमा भण्डारन गरी राखिएको सो मोटरपाट्सहरु बरामद गरि आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयको गोदाममा ल्याई राखेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
