पर्सा प्रहरीद्वारा लागु औषध सहित तिन जना पक्राउ ।

समाचार

बिरगंज ,८ असार।

पर्सा प्रहरीले लागु औषध सहित तिन जनालाई पक्राउ  गरेको छ।

बिशेष सूचनाको आधारमा असार ६ गते  पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकमा जिल्ला प्रहरी  कार्यालयबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी चेकजाँच गर्दा चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध अनरेक्स १०० एम एलको २२२ बोत्तल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित ट्रक र तीन जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका हेटौडाका अजय रोक्का,दिपेन्द्र अधिकारी र बिरगंजका विकाश सर्राफ विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *