युगलकिशोर श्रीवास्तव,काठमाडौ ,१३ असार।
विषादी व्यवसायी संघले नेपाल सरकारले लागु गरेको मुल्य अभिवृद्धि कर (भ्याट) को बिरोध गरेको छ।
संघले प्रेस बिज्ञयप्ती जारी गरि कृषि बालीनालीमा प्रयोग हुने बिषादीमा लाग्ने मुल्य अभिवृद्धि कर (भ्याट)र अन्य वृद्धि गरिएको शुल्कको विरोध स्वरुप बन्द र बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ।
विषादी व्यवसायी संघ नेपालले सम्पूर्ण विषादी व्यवसायीहरुलाई एकजुट भइ नेपाल सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/२०८२ को लागि मिति२०८१/०२/१५ गते प्रस्तुत बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कर (भ्याट) लागु गरिएकोले सोको बिरोध गर्न अहवान गरेको छ।
संघका महासचिव रामचन्द्र कार्कीका अनुसार प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री लगायत विशिस्ट व्यक्तिहरुलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (भ्याट ) हटाइदिन “विन्ति पत्र” दिएर अनुरोध गर्दा उहांहरुबाट सकारात्मक जवाफ पाएको तर मिति २०८१/०३/११ गते प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट २०८१/०२/१५ गते प्रस्तुत बजेटलाई नै सोहि निर्णय पास गरेको साथै जीवनाशक विषादी ऐन २०७६ अन्तर्गत हालै मन्त्री परीषदबाट पास गरिएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा ५००% देखि १०००% सम्म प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकोले यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगाएत नेपाली किसानहरु माथि ज्यादती थोपर्ने र कृषि पेशामा आवृद्ध हाम्रो पेशालाई धरापमा पार्ने कार्यहरु गरेको हुँदा कृषि बालीनालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (भ्याट ) र विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्कको खारेजीको माग गर्दै बिरोध स्वरुप मिति २०८१/०३/१४ गते शुक्रवार र २०८१/०३/१५ शनिबार देशव्यापी रुपमा विरोध प्रदर्शन गरी पसल बन्द गर्न आहवान गरेका छन् ।
साथै सम्पूर्ण किसान संघ संस्थाहरुलाई यस विरोध कार्यक्रममा सहभागी भईदिनु हुन हार्दिक अपिल गर्दछौं भनेका छन् ।

यो माग पुरा नभएसम्म विभिन्न चरणमा विरोधको कार्यक्रम गर्न सामाजिक संजाल, पत्र पत्रिका र संचार माध्यमको प्रयोग गरी आफ्नो विरोध कार्यक्रम प्रस्तुत गर्न विषादी व्यवसायी संघ नेपालको अध्यक्ष छोटेलाल प्रसादले अनुरोध गरेका छन् ।
