मकवानपुरमा अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ।

समाचार

मकवानपुर,१२ कार्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोइन्टमा, २ किलो १९६ ग्राम अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा कार्तिक ११ गते राति ११ बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्दा, भारत बिहार राज्य मधुबनी जिल्लाका ४८ वर्षीय मनोज कुमार झाको साथमा लुकाइछिपाइ राखिएको चाँदी बरामद भएको हो। प्रहरीको अनुसार, निजले आफ्नो छातीमा फल्स बटम बनाई ३२ वटा चाँदीका मूर्तिहरू लुकाएका थिए। बरामद चाँदीको तौल २ किलो १९६ ग्राम छ, जसको बजार मूल्य करिब रु.३ लाख ६६ हजार ५ सय ४९ रहेको छ।

पक्राउ परेका मनोज कुमार झालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *