फोटो पत्रकारिताको योगदानको सम्मान गर्दै मन्त्री प्रदीप यादवद्वारा सरकारको प्रतिबद्धता व्यक्त

समाचार

काठमाडौं, २५ कार्तिक । खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै फोटो पत्रकारिताको महत्त्वपूर्ण योगदानको सम्मान गरेका छन्। उनले देशभरका समर्पित फोटो पत्रकारहरूलाई सम्मान व्यक्त गर्दै फोटो पत्रकारिताले समाजको वास्तविकता उजागर गर्न तथा जनतालाई सुसूचित र सचेत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

मन्त्री यादवले फोटो पत्रकारहरूको सुरक्षा, सम्मान, र पेसागत अधिकारहरूको संरक्षणप्रति सरकारको प्रतिबद्धता रहेको र आगामी दिनमा उनीहरूलाई अझ सफलताको कामना समेत व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *