उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

समाचार

काठमाडौँ,२६ कार्तिक  । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार तोकेका छन् ।

अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति यादवबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *