२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)का अवसरमा विचार गोष्ठी सम्पन्न,“भूमिका, चुनौती र भावी रणनीति” विषयमा अन्तरक्रिया।

समाचार

काठमाडौं, माघ ३। २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा “सशस्त्र प्रहरी बल नेपालको भूमिका, चुनौती र भावी रणनीति” विषयक एक दिने अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। गोष्ठीमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, संगठित अपराध नियन्त्रण, तस्करी रोकथाम, र राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाबारे गहन छलफल भएको बताइएको छ।

आईजीपी अर्यालले सम्बोधन गर्दै बदलिँदो सुरक्षा चुनौतीसँग जुध्न संगठनलाई अझ व्यावसायिक, प्रविधिमैत्री र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताए। उनले सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् प्रतिकार्य र सामुदायिक साझेदारीलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने रणनीति प्रस्तुत गरे।
गोष्ठीमा वरिष्ठ सुरक्षा अधिकारीहरू, विज्ञहरू तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वर्तमान सुरक्षा चुनौती, संगठनात्मक सुधार, स्रोत–साधन व्यवस्थापन र भविष्यका रणनीतिबारे सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमले सशस्त्र प्रहरी बल नेपाललाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास गरिएको आयोजकले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *