बिरगंज ,१ मंसिर ।
बीरगंज महानगरपालिका-१६ स्थित ईनर्वा चेकप्वाइन्ट क्षेत्रमा सिमा सुरक्षा गुल्म, बीरगंजका डिएसपी सुरज रिजालको नेतृत्वमा लाखौं मूल्य बराबरको कपडा सहित बीमनपा ०१ ह १-०१२७ नम्बरको अटो नियन्त्रणमा लिइएको छ।
उक्त अटोमा फल्स बटम बनाई अवैध रूपमा कपडा ओसारपसार गरिरहेको सूचनाका आधारमा चेकप्वाइन्टमा छड्के चेकजाँच गर्दा कपडासहित चालक पक्राउ परेका हुन्। सुरक्षाकर्मीहरूले उक्त कपडा तथा सवारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएका छन्।
