वीरगञ्जमा बिर्ता प्रहरीका ईन्सपेक्टर चौलागाईंको कमान्डमा लागुऔषध गाँजासहित ३ जना पक्राउ।

बिदेश राजनीति समाचार

रसीद आलम,बिरगंज ,७ मंसिर ।

वीरगञ्ज महानगरपालिका-१६ स्थित बाइपास सडकखण्डमा विशेष सूचनाको आधारमा गरिएको अपरेशनमा लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ना. ४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकबाट ८५ केजी गाँजा बरामद गरेको हो।

प्रहरीले ट्रकमा लुकाइछिपाई राखिएको ४ वटा सेतो प्लास्टिकको बोराभित्र रातो प्लास्टिकले बेरिएको गाँजा बरामद गरेको बताएको छ। पक्राउ परेकाहरूमा सिन्धुपाल्चोकका ३६ वर्षीय शान्तबहादुर तिमिल्सिना, मकवानपुरका ४८ वर्षीय प्रेम रुम्बा, र ३८ वर्षीय सूर्यबहादुर मोक्तान रहेका छन्।

उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *