२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

बिदेश राजनीति समाचार

काठमाडौं ,१७ मंसिर ।नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो।

उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

सेवाग्राहीबाट लिइसकेको २५ हजार रुपैयाँ नगदसहित उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए।

सवारीसाधन आवत-जावतमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनलाई पक्राउ गर्न गएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *