बिरगंज ,११ पुस ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ड्राइपोर्ट बहुवरी नजिकै लक्ष्मी पेट्रोल पम्पअगाडि बुधबार बेलुकी भएको सडक दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक सामान्य घाइते भएका छन्।
दुर्घटना बारा जिल्लाको कवहीगोठ निवासी १६ वर्षीय किशोर र मोटरसाइकल चालक सन्दीप पाण्डे सवार ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा भएको हो। ठक्करका कारण किशोरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते चालक पाण्डेको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
