पर्सा, १३ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अवैध रुपमा ल्याइँदै गरेको घरेलु मदिरा ७०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको छ।
पुस १२ गते बिहान करिब ९ बजे, बीरगञ्ज महानगरपालिका वडा नम्बर २१, परवानीपुर चोक नजिक चेकजाँच गर्ने क्रममा पथलैयाबाट आउँदै गरेको सार्वजनिक यात्रु बसबाट उक्त मदिरा बरामद गरिएको हो।
प्रहरीले बरामद मदिरालाई कार्यालयमा ल्याई कानुनी प्रक्रिया पूरा गरेपछि नष्ट गरेको जनाएको छ।
अवैध मदिरा ओसारपसार गर्ने विरुद्ध प्रहरीले निगरानीलाई थप कडाइ गरेको छ।
