वीरगञ्जका मेयर राजेशमान सिंहद्वारा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना

बिदेश राजनीति समाचार

वीरगञ्जका ,१७ पुस।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा नगरवासीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

मेयर सिंहले आफ्नो सामाजिक सञ्जालमा “Thank you for all the lessons 2024, I am ready 2025” अर्थात् “म तयार छु” भन्ने सन्देशसहित अघिल्लो वर्षका अनुभव र चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्।

उनले नगरवासीका समस्या समाधान गर्न हरसम्भव प्रयास गर्ने र उपलब्ध साधन-स्रोतको अधिकतम उपयोग गर्दै महानगरको विकास र समृद्धिका लागि कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ वर्षको शुभकामना सन्देशमा उनले वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण नगरवासीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *