बीरगंजमा भन्सार छली गरिएका ८ लाख बराबरका कपडा बरामद

बिदेश राजनीति समाचार

बिरगंज ,१७ पुस ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ७ स्थित कुम्हाल टोलमा विशेष सूचनाका आधारमा भन्सार छली लुकाइछिपाई राखिएका कपडाहरू आज बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा छापामारी गरिएको उक्त कार्यमा बीरगंज भन्सार कार्यालयको संयुक्त टोली पनि संलग्न थियो। टोलीले लुकाइ राखिएको करिब रु. ८ लाख २८ हजार ३ सय ५० बराबरका विभिन्न प्रकारका कपडाहरू फेला पारेको हो।

बरामद गरिएका कपडाहरू थप अनुसन्धान र आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *