रबि लामिछानेलाइ ६५ लाख धरौंटीमा थुनामुक्त गर्न आदेश, जोशीलाइ ८८ लाख धरौटी

बिदेश राजनीति समाचार

पोखरा, २५ पुस । रबि लामिछाने थुनामुक्त हुने भएका छन् ।

सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने छन् ।

 

 

सो आदेश अघि कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।  रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।

सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो

 

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाइ ६५ र जोशीसँग ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

 

सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

सहकारी ठगी मुद्दाका ७ आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाइ ६५ र गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

यसैगरी लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५–५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सुचना अधिकारीले जानकारी दिए ।

लामिछाने र जोशीबिरूद्द भने सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *