अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

बिदेश राजनीति समाचार

बिरगंज ,३ माघ ।नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज (हाल जनकपुरधाम, धनुषा) का कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको नेतृत्वमा खटिएको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा विभिन्न शाखाहरूको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेको छ।

निरीक्षण टोलीले अपराध अनुसन्धान तथा कारवाही शाखा, CFD/CRS शाखा, CDR सूचना संकलन तथा विश्लेषण शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, अनुचित लेनदेन (मिटर ब्याज) शाखा, र नागरिक सहायता कक्षको निरीक्षण गरेको थियो।

यस क्रममा टोलीले अनुसन्धान प्रक्रियामा सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै विभागीय नीति निर्देशनहरूको कार्यान्वयन स्थिति, CAP निर्देशनका लक्ष्य र उद्देश्यअनुरूप त्रुटिरहित कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले प्रहरी कर्मचारीलाई सेवाग्राहीहरूप्रति नि:स्वार्थ र पारदर्शी सेवा प्रवाह गर्न निर्देशन दिएका थिए। साथै, टोलीले वडा प्रहरी कार्यालय बिर्ताका विभिन्न शाखा र भौतिक संरचनाहरूको समेत निरीक्षण गर्दै कर्मचारीलाई थप प्रोत्साहनात्मक निर्देशन दिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *