बारा,६ माघ ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा स्थित जमुनी खोलाको किनारामा माघ ५ गते बिहान ११ बजे तैरिरहेको अवस्थामा अन्दाजी ४/५ वर्षीया बालिकाको शव फेला परेको छ।
नाम, थर, ठेगाना नखुलेकी बालिकाको शवको बारेमा जानकारी प्राप्त भएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाइएको छ।
प्रहरीले बालिकाको हुलिया पहिचान गरी सम्बन्धित आफन्तहरुलाई खोजतलास गर्न आग्रह गरेको छ। यदि कोहीले बालिकाको पहिचान गर्न सक्नुहुन्छ भने जिल्ला प्रहरी कार्यालय, बारा कलैयामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
