पर्सामा एसपी गौतम मिश्रको नेतृत्वमा कडा सुरक्षा अभियान: हुण्डी, लागुऔषध, तस्करीविरुद्ध कडा कारबाही

बिदेश राजनीति समाचार

पर्सा, वीरगञ्ज ,१७ माघ ।रसीद आलम

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कमान्ड सम्हालेसँगै जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउँदै गैरकानुनी क्रियाकलापविरुद्ध कडा अभियान सञ्चालन गरेका छन्।

शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने, तस्करी नियन्त्रण गर्ने तथा लागुऔषध र हुण्डी जस्ता अवैध गतिविधि रोक्ने प्रतिबद्धता व्यक्त गर्दै एसपी मिश्रले बिचौलियामुक्त प्रहरी प्रशासन निर्माण गर्ने बताएका छन्। साथै, मातहतका प्रहरी कर्मचारीलाई जनताको सेवकका रूपमा कार्य गर्न निर्देशन दिएका छन्।

६ लाख नगदसहित भारतीय नागरिक पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित भारत बिहार, पूर्वी चम्पारण, मोतिहारी, रक्सौल निवासी २७ वर्षीय ओमकुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा विर्ता प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

३ लाख बराबरका तस्करीका मालसामान बरामद

विशेष सूचनाका आधारमा २०८१ माघ १६ गते पर्साका विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरिएका लत्ताकपडा, पशुपंक्षी (पाडी, कुखुरा) तथा खाद्यान्नसहित ३ लाख ५ हजार रुपैयाँ बराबरका समान प्रहरीले बरामद गरेको छ। उक्त अभियानमा विर्ता, श्रीपुर र लगंडी प्रहरी इकाई संलग्न थिए।

बेवारिसे सालको काठ बरामद

२०८१ माघ १६ गते बिहान पर्सागढी नगरपालिका-३ स्थित झाडीबाट ६ फिट लामो र ४.५ गोलाईको सालको गोलिया काठ प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ। प्रहरी चौकी बडनिहारबाट खटिएको गस्ती टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो।

६ कठ्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजा नष्ट

२०८१ माघ १६ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका-२, फरकट्टीस्थित ६ कठ्ठा जमिनमा अवैध रूपमा खेती गरिएको ३२०० गाँजाका बोट प्रहरीले नष्ट गरेको छ।

एसपी मिश्रको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षालाई सुदृढ पार्दै अवैध गतिविधिहरूविरुद्ध कठोर कदम चालिएको छ। प्रहरीको अभियान निरन्तर रहने बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *