पर्सामा भन्सार छली ल्याइएका ३ लाख ७० हजार बराबरका मालसामान बरामद

बिदेश राजनीति समाचार

पर्सा, २१ माघ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरिएका विभिन्न लत्ताकपडा तथा खाद्यान्नलगायतका मालसामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरले अन्दाजी रु. ३,७०,९९० (तीन लाख सत्तरी हजार नौ सय नव्बे) बराबरको सामान पक्राउ गरेको हो। पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार उक्त सामग्री विभिन्न स्थानबाट बरामद गरिएको हो।

प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले विभिन्न मितिमा भन्सार छली गरिएका यी सामग्री बरामद गरेको जनाइएको छ। बरामद गरिएका सबै सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *