प्रहरी माथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

बिदेश राजनीति समाचार

काठमाडौं,माघ २७।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित सार्वजनिक सडकखण्डमा ५/६ जनाको समूह होहल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरी वृत्त दरबारमार्गको छिटो प्रतिक्रिया टोली (QRT) ले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले आक्रमण र अभद्र व्यवहार सामना गर्नुपरेको छ।

माघ २४ गतेको सो घटनामा उक्त समूहले प्रहरी सवारी साधन (QRT मोटरसाइकल) समेत तोडफोड गरी घटनास्थलबाट फरार भएका थिए। फरार व्यक्तिहरुको खोजतलास गर्ने क्रममा माघ २७ गते काठमाडौं महानगरपालिका-९ एयरपोर्ट क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-१ स्थायी ठेगाना भई हाल काठमाडौंको लैनचौर बस्ने २५ वर्षीय दिनेश सिग्देल तथा डडेलधुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी ठेगाना भई हाल लैनचौर बस्ने २२ वर्षीय रमेश फुलारा रहेका छन्।

उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *