वीरगंज, २९ माघ ।
पर्सा जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बिर्ताले करिब २ लाख रुपैयाँ बराबरको भन्सार छलिका ५२ बोरा भारतीय चामल बरामद गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले छापामारी गर्दै वीरगंजको मालपोत चौकस्थित एक किराना पसलबाट १५ बोरा तथा सोमबार गणेशमान चौकमा रहेको एक गोदामबाट ३७ बोरा चामल बरामद गरेको हो।
बरामद गरिएको चामल विभिन्न ब्रान्डका रहेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बिर्ता प्रहरीले जानकारी दिएको छ।
