बारामा बस र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

समाचार

बारा, २३ फागुन ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित सडकमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबार  बिहान करिब ३:१५ बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

घाइते भएका रौतहट, विजयपुर लक्ष्मिनिया नगरपालिका–५, बरगिनिया निवासी करिब ३५ वर्षीय अनिल प्रसाद यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

हाल शव प्रादेशिक अस्पताल, कलैयाको शवगृहमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *