बारा प्रहरीले ३० हजार अवैध अफिमका बोट नष्ट गर्यो

समाचार

बारा, २७ फागुन ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङको  अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय बारागढी, बाराले ठूलो मात्रामा अफिमका बोट नष्ट गरेको छ।

फागुन २६ गते बिहान करिब ८:०० बजे प्राप्त विशेष सूचनाको आधारमा जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका–५, टेडाकट्टीस्थित खेतबारीहरूमा लुकाइछिपाई अवैध रूपमा अफिम खेती गरिएको जानकारी पाएपछि प्रहरीले संयुक्त रूपमा कारबाही गरेको हो। इलाका प्रहरी कार्यालय बारागढीका प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) ध्रुवनारायण श्रेष्ठ र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शजयनगरका प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) तुलसीराज पोखरेलको नेतृत्वमा खटिएको टोलीले उक्त क्षेत्रका विभिन्न ८ स्थानमा लगाइएका करिब ३ कट्ठा जमिनमा फैलिएको ३०,००० (तीस हजार) बोट अफिम फडानी गरी सोही स्थानमा नष्ट गरेको छ।

बारा प्रहरीका अनुसार, लागुऔषध नियन्त्रण तथा अवैध खेती उन्मूलन गर्न यस्ता अभियानहरू निरन्तर जारी रहने छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *