सिमा क्षेत्रमा अवैध ओसारपसार: सशस्त्र प्रहरीद्वारा रु. २५ लाखभन्दा बढी मूल्यको कार र टायर बरामद

समाचार

पर्सा, चैत २५ ।

सशस्त्र प्रहरी बल, पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा निगरानी तथा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट (BR 33 AL 9597) को SUZUKI DDiS कार बरामद गरेको छ।

उक्त सवारी साधन पटक–पटक रक्सौल–वीरगञ्ज तथा वीरगञ्ज–रक्सौल आवतजावत गर्दै विभिन्न अवैध वस्तुहरूको ओसारपसारमा प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा निगरानी गर्दा, कारमा अस्थायी पैठारी प्रज्ञापनपत्र र दर्ता कागजात समेत नभएको पाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

चेकप्वाइन्ट ड्युटीमा खटिएका स.प्र.व.ह. मान बहादुर दमाईको टोलीले कार चेकजाँच गर्दा करिब रु. २५,००,००० मूल्य बराबरको उक्त सवारीसाधन र त्यसमा रहेको रु. १५,००० मूल्य बराबरका ३ वटा नयाँ टायर फेला पारेको थियो। चेकिङ्गको क्रममा सवारी चालक उक्त सवारीसाधन घटनास्थलमै छाडेर भागेका थिए।

उक्त कार र टायरहरू नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। बरामद सामग्रीहरूको जम्मा मूल्य करिब रु. २५ लाख १५ हजार रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *