८ लाखभन्दा बढी मूल्यको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा दाखिला

समाचार

पर्सा, चैत २७।

सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरी ल्याइएका करिब ८ लाख ७ हजार ७ सय ६५ रुपैयाँ बराबरका विभिन्न सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गरेको छ।

सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न अबैध  सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्रले जनाएको छ।

बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित विभिन्न सीमा नाकाहरूबाट भारतबाट सार्वजनिक सवारी साधनहरूमा लुकाइछिपाई ल्याइएका किराना, कपडा, फुटबल सुजहरू लगायतका सामानहरू र ना ३७ प ६३७० नम्बरको मोटरसाइकलसहित जम्मा ६ लाख ६४ हजार ३ सय ४५ रुपैयाँ मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै, अमरपट्टी, सिर्सिया र ड्राईपोर्ट नाकाहरूबाट थप १ लाख ४३ हजार ४ सय २० रुपैयाँ बराबरका भन्सार छलीका सामानहरू पनि नियन्त्रणमा लिई भन्सारमा दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा पर्सा सशस्त्रका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *