चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

राजनीति समाचार

काठमाडौं, २९ चैत । संघीय संसदको एक समितिले गृह मन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ।

 

कानून, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।

 

समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङघनका बिषयहरू माथी माननीय गृहमन्त्रीसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *