पर्सा आउने भए जनमत अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंह, विभिन्न कार्यक्रममा सहभागिता जनाउने

राजनीति समाचार

रसीद आलम

वीरगन्ज ,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह यही वैशाख २७ गते शनिबार पर्सा जिल्ला भ्रमणमा आउने भएका छन्।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, डा. राउत र मुख्यमन्त्री सिंहले पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै पोखरिया नगरपालिकामा माटो पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

शनिबार बिहान वीरगन्ज–१९ स्थित बिन्दवासीनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि सोही स्थानमा जनमत पार्टी क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यालयले आयोजना गर्ने भेटघाट तथा चियापान कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ।

भेटघाटपछि बिहान साढे ९ बजे पोखरिया–९ मा माटो पार्क शिलान्यास कार्यक्रम, त्यसपछि सखुवा प्रसौनी गाउँपालिका–६ मा नेता तथा कार्यकर्तासँग भेटघाट हुने कार्यक्रम तय गरिएको छ। दिउँसो १ बजे जगरनाथपुर गाउँपालिका–५, मदुवाहा खेलकुद मैदानमा आयोजना हुने सभा तथा पार्टी प्रवेश कार्यक्रममा डा. राउत र मुख्यमन्त्री सिंहले सम्बोधन गर्ने छन्।

कार्यक्रमको अन्त्यमा साँझ महुवनस्थित ऐतिहासिक पारसनाथ मन्दिरमा दर्शन, पूजाआजा तथा स्थानीयवासीहरूसँग भेटघाटको कार्यक्रम रहेको नेता सर्राफले जानकारी दिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *