पर्सामा सशस्त्र प्रहरीको छापामारी: करिब ७ लाख बराबरको अवैध कपडा बरामद

समाचार

रसीद आलम।

वीरगंज, ४ जेठ । पर्सामा सशस्त्र प्रहरी बलको तस्करी नियन्त्रण अभियान तीव्र बनाइएको छ। यही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको विशेष टोलीले विशेष सूचनाको आधारमा छापामारी गरी करिब ७ लाख बराबरको अवैध कपडा बरामद गरेको छ।

जेठ ४ गते वीरगंज महानगरपालिका–१ स्थित छपकैया गाउँका तीनवटा घरमा छापामारी गर्दा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी लुकाइ–छिपाइ गोदाममा राखिएको अबैध कपडा फेला परेको हो। बरामद कपडाको भन्सार दाखिला मूल्य रु. ६,९८,८०० रहेको सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमालले जानकारी दिए।

बरामद कपडा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता डीएसपी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडा बनाएको एसपी धिमालले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *