दरबारमार्गकाे ‘शान्दार मःम’मा कपाल भेटिए पछि इन्स्पेक्टरले लेखे स्टाटस

समाचार

काठमाडौं, ६ जेठ । काठमाडौंको दरबारमार्गस्थित चर्चित ‘शान्दार मःम’ पसलमा मःमभित्र कपाल भेटिएको घटना सार्वजनिक भएकाे छ।

 

सो घटनाबारे नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनुप अधिकारीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले पसलबाट मःम अर्डर गर्दा मःमभित्र कपाल भेटिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। फेसबुकमा उनले लेखेका छन् :

“धन्यवाद शान्दार मःम दरबारमार्ग, मःम सहित मिठो अचार र कपाल दिनुभएकोमा। यति जनस्वास्थ्यप्रति उत्तरदायी हुनुभएकोमा धन्यवाद दिँदै गुणस्तर नियामक निकायको ध्यान आकर्षण गराउन चाहन्छु।”

 

उक्त पोस्टसँगै उनले मःमको तस्वीर समेत पाेष्ट गरेका छन् जसमा स्पष्ट रूपमा कपाल देखिएको छ। यो घटनापछि सामाजिक सञ्जालमा उपभोक्ताहरूले खाद्य सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएका छन्। धेरैले यस्तो प्रतिष्ठित स्थानमा यस्तो लापरवाही हुनु लाजमर्दो भएको टिप्पणी गरेका छन्।

 

जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता घटनाको अनुगमन गर्न सम्बन्धित सरकारी निकाय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ता हित संरक्षण मञ्चले तत्काल ध्यान दिनुपर्ने माग गरिएको छ। यस विषयमा शान्दार मःमको व्यवस्थापन पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *