बारा जिल्लामा आगलागीः बारा डिस्टिलरीमा २६ लाख बढीको क्षति

समाचार

बारा,  जेठ १९ । बारा जिल्ला, विश्रामपुर गाउँपालिका-५ इटियाहीस्थित अजय कुमार प्रजापतिले सञ्चालन गरेको बारा डिस्टिलरी प्रा.लि. (रक्सी उत्पादन गर्ने कारखाना) मा सोमबार साँझ करिब ४:०० बजे आगलागी भएको छ।

विद्युत सर्ट भएर अचानक लागेको आगोले फैक्ट्रीमा कार्यरत कर्मचारीहरुले तत्काल प्रहरी चौकी मुसहर्वा, बारामा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब  निरीक्षक भाग्य नारायण साहको कमाण्डमा ८ जना र प्रहरी चौकी मुसहर्वाबाट ६ जना गरी १४ जनाको टोली परिचालन गरिएको थियो।

स्थानीयवासी र प्रहरीको सहयोगमा आगलागी करिब ५:३० बजे पूर्णरूपमा नियन्त्रणमा आएको हो। आगलागीबाट करिब २६ लाख ६८ हजार रुपैयाँ बराबरको सामान पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *