२९ लाख भन्दा बढीका सुन र हिरा सहित एक भारतीय नागरिक बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२४ बैशाख ।

सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको  विशेष सूचना अनुसार बैशाख २२ गते बिहान् ११:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डमा जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट वीरगञ्जतर्फ शंकास्पद रुपमा आउँदै गरेको भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने वर्ष ४५ को बुद्धदेव मैतीलाई रोकी निजको शरिरको तलासी लिँदा निजले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, निलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम,  रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला परेकोले निजलाई उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू सहित पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

उक्त पक्राउ गरिएको सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूको मुल्य रु.२९,४४,६३३ (उनन्तिस लाख चौवालिस हजार छ सय त्तेतिस) को मुल्यांकन गरि  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *