पर्सा, जेठ १९ । पर्सा जिल्लाको बि.म.न.पा.–२९ मुसैलीस्थित श्री आदर्श क्रेसर उद्योग प्रा.लि.मा ढुङ्गा फोड्ने क्रममा एक मजदुरको ज्यान गएको छ।
जेठ १८ मा वर्ष १८ का अजय मण्डल मेसिनको बेल्ट अचानक चुडिँदा ढुङ्गाको धुलो र बेल्टले बेरिएर गम्भीर घाइते भएका थिए।
उक्त घटनाबारे मिति २०८२।०२।१९ गते बिहान ११ बजे खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक ऋषीराम भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्दा अजय मण्डलको मृत्यु भइसकेको थियो।
घटनास्थल सुरक्षित राखी ईलाका प्रहरी कार्यालय , पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा मुचुल्का टोली खटि मृतकलाई ढुङ्गाको धुलोबाट निकाल्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा थप टोली खटाई घटनाको अनुसन्धान कार्य भइरहेको र कानुनी प्रक्रिया पुरा गरी मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
