बारामा २२ किलो गाँजासहित एक व्यक्ति पक्राउ

समाचार

बारा, असार ४। जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा लागू औषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ साल असार ३ गते अपराह्न करिब ४:०० बजे बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–८ स्थित ईम्लीप्रति क्षेत्रको एक फिल्डबाट २२ किलो गाँजा बोकेर लैजाँदै गरेका रामपुकार सहनीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सहनी सोही उपमहानगरपालिका–८, लोसण्डाका स्थायी बासिन्दा हुन्, उनको उमेर करिब ४५ वर्ष रहेको प्रहरीले जनाएको छ।

सहनीले दुईवटा बोरामा गाँजा लुकाई लैजाँदै गरेको सूचनाका आधारमा गरिएको अपरेसन सफल भएको प्रहरीले जनाएको छ। बरामद लागू औषध तथा पक्राउ परेका व्यक्तिविरुद्ध लागू औषध सम्बन्धी ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *