बारा, असार १८।
जिल्ला प्रहरी कार्यालय, बाराद्वारा जारी प्रेश विज्ञप्तिअनुसार विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ।
प्रहरी कारवाहीको क्रममा बाराका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले बारा जिल्ला अदालत कलैयाबाट सजाय तोकिएका र विभिन्न मुद्दामा फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका प्रतिवादीहरूको विवरण:
| सि.नं. | नाम | उमेर | ठेगाना | कसुर | सजाय/जरीवाना | प्रहरी इकाइ |
|---|---|---|---|---|---|---|
| १ | कमलेश्वर साह सोनार | २५ | कलैया उ.म.न.पा. ४ | चेक अनादर | जरीवाना – रु. १,०००/- | जिल्ला प्रहरी कार्यालय बारा |
| २ | मुन्ना साह कानु | २५ | कलैया उ.म.न.पा. २०, बसतपुर | चोरी | कैद – १ महिना १५ दिन, जरीवाना – रु. १०,०००/- | प्रहरी चौकी बसतपुर |
| ३ | बच्चुलाल साह कलवार | ६१ | पचरौता न.पा. ७, बेनौली | कर्तव्य जान | चालु मुद्दा | प्रहरी चौकी पिपरपाती |
| ४ | समिम देवान | ४३ | विश्रामपुर गा.पा. १ | नागरिकता किर्ते | चालु मुद्दा | ईलाका प्रहरी कार्यालय छतवा |
| ५ | राजेश्वर प्रसाद केसरी | ५० | कलैया उ.म.न.पा. १२, धर्मनगर | नागरिकता किर्ते | चालु मुद्दा | प्रहरी चौकी मटिअर्बा |
| ६ | रामदिनेश प्रसाद साह | ४३ | कलैया उ.म.न.पा. १२, धर्मनगर | बैंकिङ कसुर | चालु मुद्दा | जिल्ला प्रहरी कार्यालय बारा |
बारा प्रहरीले नागरिक सुरक्षाका लागि फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता तथा तीव्रता दिने बाराका एसपी सन्तोष तामाङले प्रतिबद्धता जनाएका छन् ।
