काठमाडौं, २७ असार।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षे कार्यकालमा मुलुकको अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको समाजिक संजाल मार्फत दाबी गर्नुभएको छ।

प्रधानमन्त्री ओलीका अनुसार अर्थतन्त्रको कुल आकार ४ खर्बले वृद्धि भई ६१ खर्ब रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा राजस्व संकलन १ खर्ब ८ अर्बले बढेको छ भने पूँजीगत खर्च पनि ३६ अर्ब रुपैयाँले वृद्धि भएको बताइएको छ।
आर्थिक वृद्धिदर अघिल्लो वर्षको ३.८७ प्रतिशतबाट बढेर यस वर्ष ४.६१ प्रतिशतको प्रक्षेपण गरिएको छ।
प्रधानमन्त्रीले यो उपलब्धिलाई सरकारको प्रभावकारी कार्यशैली र आर्थिक सुधार नीतिको परिणामका रूपमा व्याख्या गर्नुभएको छ।
