प्रधानमन्त्री ओली आज बारा र महोत्तरी भ्रमणमा, सुख्खा प्रभावित क्षेत्रको अवलोकन गर्ने

राजनीति समाचार

काठमाडौँ, ९ साउन।
प्रधानमन्त्री केपी शर्मा ओली आज बारा र महोत्तरी जिल्लाको भ्रमणमा जाने भएका छन्। लामो समयदेखिको लगातारको कार्यव्यस्तताका कारण केही दिन विश्राममा रहेका प्रधानमन्त्री ओलीले तराई–मधेश क्षेत्रमा परेको सुख्खाको प्रत्यक्ष अवलोकन गर्ने उद्देश्यले आजको भ्रमण तय गरिएको हो।

साउन महिनाको पहिलो साता पार भइसक्दा समेत ती क्षेत्रहरूमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ सुरु हुन नसकेको अवस्था छ। प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधि, किसान तथा सर्वसाधारणसँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्ने र सरकारको तर्फबाट आवश्यक सहयोगबारे छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभ–बिहानी सन्देश दिँदै भनेका छन्, “दिनरातको कार्यचापका कारण थकित थिएँ, हिजो कुनै बाह्य कार्यक्रममा सहभागी हुन सकिनँ। आज बारा र महोत्तरी जाँदैछु, त्यहाँका दिदीबहिनी तथा दाजुभाइहरूसँग भेट हुनेछ।”

प्रधानमन्त्रीको यो भ्रमणले सुख्खा प्रभावित तराई–मधेशका किसानहरूलाई राहत र समाधानतर्फको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *