धनकुटा, २८ असोज।
धनकुटा नगरपालिका–९ पाँच गोलाई भन्ने स्थानमा असोज २७ गते मध्यराति एक मिनि ट्रक दुर्घटना भएको छ। धनकुटाबाट मुलघाटतर्फ जाँदै गरेको उक्त ट्रकको ब्रेक फेल भएपछि सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
दुर्घटनामा परि ट्रकका चालक र सहचालक घाइते भएका छन्। उनीहरूलाई विपद् व्यवस्थापन बेस मुलघाट र प्रहरी चौकी मुलघाटको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।
