सशस्त्र प्रहरी पर्साद्वारा प्रतिबन्धित ब्रोइलर चल्ला र मोटरसाइकलसहित एक व्यक्ति नियन्त्रण

समाचार

पर्सा, साउन २३ गते।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको धोविनी गाउँपालिका–१, घोडदौड पिपरा क्षेत्रबाट अबैध रूपमा भारतबाट ल्याइएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला र मोटरसाइकलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराका अनुसार, भारतको BR 22 AG 6284 नम्बरको मोटरसाइकलमा लोड गरिएको करिब २१ कार्टुनमा रहेको २,१०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला, जसको अनुमानित मूल्य रु. १,०५,००० रहेको छ, र सोही मोटरसाइकल (मूल्य रु. १,००,०००) सहित गरी कुल रु. २,०५,००० बराबरको सामान बरामद गरिएको हो।

यस कार्यमा संलग्न व्यक्तिको रूपमा जगरनाथपुर गाउँपालिका–१, दशौता निवासी ईशाहक मियाका छोरा गुल्फान आलम मियालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका चल्लाहरूलाई नेपाल प्रहरी, पत्रकार, र स्थानीय जनप्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरीको पेरीमिटर भित्र खाल्टो खनी नष्ट गरिएको छ। नियन्त्रणमा लिइएको व्यक्ति र मोटरसाइकललाई आवश्यक कार्वाहीको लागि  वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाएको सशस्त्रले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *