बारा, साउन २५ गते ।
खानेपानी मन्त्री प्रदीप यादवले आज बारा जिल्लाको परवानिपुर र प्रसौनी गाउँपालिकाका विभिन्न वडाहरूमा जडान गरिएका डिप बोरिङहरूको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेसका जिल्लामा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको बताउँदै, तत्काल समाधानका लागि खानेपानी मन्त्रालय मातहतका निकायमार्फत डिप बोरिङको कार्य सुरु गरिएको जानकारी दिए।
उनका अनुसार जडान भइसकेका तथा जडानको तयारीमा रहेका डिप बोरिङबाट स्थानीय नागरिकको दीर्घकालीन तिर्खा मेटाउन सहज हुने र समस्या केही हदसम्म समाधान हुने विश्वास लिइएको छ।
मन्त्री यादवले भने, “तराई–मधेससहितका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।”
