बारा, ३ भदौ ।
बाराको फेटा गाउँपालिका–१ त्रिवेणीटोल बस्ने ४० वर्षीया पार्वती महतो लागुऔषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी छिन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्र.ना.नि. रामकिशुन यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८२ भदौ ३ गते दिउँसो करिब २ः५० बजे महतोको घरमा खानतलासी गरेको थियो।
सो क्रममा कपडाको झोलाभित्र रहेको प्लास्टिकको सानो डब्बामा राखिएको अवस्थामा १० ग्राम १६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ।
बरामद गरिएको लागुऔषधसहित महतोलाई नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
