पर्सा परवानीपुरमा विद्युतीय सर्टबाट आगलागी, करिब ४० लाख बराबरको क्षति

समाचार

बिरगंज, ४ भदौ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२१ परवानीपुरस्थित फरजना खातुनको तीन तले पक्की घरमा सञ्चालित निभासा इन्डष्ट्रिज प्रा.लि.मा आज बिहान अचानक आगलागी हुँदा करिब ४० लाख बराबरको भौतिक क्षति भएको छ।

आज विहान करिब ९:४५ बजे विद्युत सर्ट भई आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक डिकर देव पन्त, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक सरोजप्रसाद केसीको कमान्डमा ३० जना प्रहरीको टोली खटिएको थियो। स्थानीयवासी र दमकलको सहयोगमा आगलागी एक घण्टापछि अर्थात् १०:४५ बजे नियन्त्रणमा लिन सकिएको पर्सा प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि प्रारम्भिक विवरणअनुसार निम्न भौतिक क्षति भएको छः

  • हिट ट्रान्सफर्मर मेशिन – १ थान, मूल्य रु. ३२,००,०००
  • सर्वो स्टेपलाईजर (७२ के.भी.) – १ थान, मूल्य रु. २,२०,०००
  • रोलिङ्ग मेशिन – १ थान, मूल्य रु. ३,००,०००
  • वायरिङ पार्ट्स – २ सेट, मूल्य रु. २,००,०००

जम्मा करिब रु. ३९,२०,००० (उन्नचालिस लाख बीस हजार) बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *