पर्सामा प्रहरी सहायक निरीक्षक बिकाउ साह ‘POLICE OF THE MONTH’ घोषणा

समाचार

बिरगंज, ४ भदौ।
जिल्ला प्रहरी कार्यालय पर्साले साउन महिनाको ‘POLICE OF THE MONTH’ को रूपमा प्रहरी सहायक निरीक्षक (ASI) बिकाउ साहलाई घोषित गरेको छ।

साउन १७ गते बेलुकी करिब ६:३० बजे पर्सा जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी जितेन्द्र माझी मुसहरले आफ्नी २४ वर्षीया श्रीमती असपतलीया देवी मुसहरको कुटपिट गर्दै हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ साहको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेर प्रतिवादी माझीलाई घेराबन्दी गर्दै नियन्त्रणमा लिन सफल भएको थियो।

यसैगरी आफ्नो मातहत क्षेत्रअन्तर्गत कुनै पनि अप्रिय घटना नघट्ने गरी स्थानीय जनतालाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सक्रिय भई संगठनको साख उच्च बनाउन गरेको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले सहायक निरीक्षक साहको कार्यप्रति प्रशंसा गर्दै ‘उत्कृष्ट प्रहरी कार्य छनोट कार्यविधि २०८१’ बमोजिम पुरस्कार घोषणा गरिएको जानकारी दिनुभयो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *