सन् २०२६ (हज १४४७) का लागि १२०० नेपाली मुस्लिमलाई हज कोटा निर्धारण, आवेदन खुला

समाचार

काठमाडौं, भदौ ११ ।
गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले सन् २०२६ (हज १४४७) का लागि १२०० जना नेपाली मुस्लिम धर्मावलम्बीलाई हज यात्रा गर्ने कोटा निर्धारण भएको जनाएको छ ।

साउदी अरब सरकारबाट तोकिएको उक्त कोटाअनुसार इच्छुकले आवेदन दिन पाउने व्यवस्था गरिएको हो । समितिले जारी गरेको सूचनाअनुसार इच्छुकहरूले नेपाल हज समितिको वेभसाइट nepalhajj.moha.gov.np बाट आवेदन फाराम डाउनलोड गरी आफ्नो स्थायी ठेगानाअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

आवेदनको लागि पहिलो किस्ता वापत रु. १,५०,००० (एक लाख पचास हजार मात्र) राष्ट्रिय वाणिज्य बैंक पुतलीसडक शाखामा रहेको नेपाल हज समितिको खाता नं. ११३०१०००००३९६००१ मा जम्मा गरी भौचर संलग्न गर्नुपर्नेछ । आवेदन फाराम भदौ ६ गतेदेखि असोज २० गतेभित्र (तदनुसार २२ अगस्टदेखि ६ अक्टोबर २०२५ सम्म) पेश गर्न सकिनेछ ।

आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरूमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, राहदानी (MRP वा e-passport) को प्रतिलिपि, जम्मा गरिएको शुल्कको भौचर, सेतो पृष्ठभूमिमा खिचिएको दुई प्रति फोटो, कोभिड–१९ खोप प्रमाणपत्र तथा बैंक खाताको चेकको प्रतिलिपि पर्छ ।

थप जानकारीका लागि नेपाल हज समितिको सचिवालय सिंहदरबारमा सम्पर्क गर्न सकिने समितिले जनाएको छ ।

👉 सम्पर्क नं.: ०१–४२१११०४/७२
👉 इमेल: nepalhaj@gmail.com

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *